पहिरोले घर पुरिँदा आमा र दुई नाबालक छोरा बेपत्ता, उद्धार प्रयास जारी

 असार २७, २०७६ शुक्रबार १३:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – पहिरोले घर पुरिँदा खोटेहाङ गाउँपालिका-२ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् । वर्षापछि आएकाे पहिरोका कारण विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन् । 

शुक्रबार बिहान झण्डै तीन/चार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताउनुभयो । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।

बेपत्ता भएका आमा र दुई जना बालकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया