पहिराेले अवरुद्ध भएकाे पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

 असार २७, २०७६ शुक्रबार १५:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - पहिराे खसेर अवरुद्ध भएकाे धादिङ रोराङ गाउँपालिका-१०, बाँदरेमोडको पृथ्वी राजमार्गमा एकतर्फी सवारीसाधन चल्न थालेका छन्  । 

शुक्रबार दिउँसाे साढे १२ बजे पृथ्वी राजमार्गमाथि डाँडाबाट माटो, ढुङ्गासहितको लेदो खस्दा दुईतर्फी बाटो बन्द भएको थियो । 

डोजरको सहायतामा अहिले एकतर्फी बाटो चल्न थालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुईतर्फी बाटो सञ्चालन गर्न डोजर, नेपाल प्रहरी र ट्राफिकसहितको टोली परिचालन गरिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया