वर्षाको समयमा कसरी सुरक्षित रहने ?

 असार २७, २०७६ शुक्रबार १९:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले मनसुन र वर्षाको समयमा सतकर्ता र आवश्यक सुरक्षा अपनाउन सचेत गराएको छ । 

लगातार केही दिनदेखि परिरहेको झरीका कारण ठाउँठाउँमा बाढीपहिरो आउनुका साथै ठूलो धनजनको क्षति भएको छ । प्रशासनले पनि ‘हाई अलर्ट’ मा रहन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

देशैभरि मनसुन सक्रिय रहेकाले बाढी, डुबान र पहिराका जोखिमयुक्त बस्तीहरु पहिचान गरी सुरक्षित स्थानमा जान सुझाएको छ । त्यस्तै यो समयमा अत्यावश्यक सामग्री (खानेकुरा, कपडा, औषधि, पानी) आदिको जोहो गरेर सुरक्षित स्थानमा राख्नुपर्छ । 

केन्द्रले बालबालिका, महिला ज्येष्ठ नागरिक, वृद्ध तथा अपाङ्गता भएका र उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष प्राथमिकता दिन भनेको छ । 

मौसम पूर्वानुमान, सम्भाव्य जोखिम तथा सुरक्षाका उपायहरुको बारेमा सरोकारवालाहरु सबैले जोखिममा रहेका परिवारहरु तथा बस्तीहरुलाई समयमा नै सूचित गराउनुपर्छ ।

त्यस्तै बाढी आएको बेलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने र गाईबस्तु चराउनेजस्ता काम नगर्न सतर्क गराएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया