१९ वर्षीय स्पिनर राशिद खान अफगानिस्तान क्रिकेट टिमकाे सबै फर्म्याटका कप्तान

 असार २७, २०७६ शुक्रबार २०:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तानले आफ्नो चर्चित लेग स्पिनर राशिद खानलाई टिमको तीनै फर्म्याटको कप्तानमा नियुक्त गरेको छ ।

जारी एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले खराब पदर्शन गरेको भन्दै गुलाबदीन नाइबलाई हटाएर राशिदलाई कप्तानमा नियुक्त गरिएको हो । अब उनले तीन ओटै फर्म्याटमा कप्तानको भूमिका निर्वाह गर्नेछन् ।

यस्तै उप–कप्तानको जिम्मेवारी पूर्वकप्तान अश्गर अफगानलाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पनि राशिद खान तीन ओटै फर्म्याटकाे विश्वकै कम उमेरका कप्तान भनी ट्वीट गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया