जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
क्रिकेट सामग्री उत्पादक कम्पनी रेड रकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामीलाई प्रायोजन गरेको छ ।
रेड रकको प्रायोजन पाउने उनी तेस्रो नेपाली क्रिकेटर हुन् । यसअघि गएको वर्षको डिसेम्बर महिनामा भीम सार्की र गएको महिना करण केसीले रेड रकको प्रायोजन पाएका थिए ।
आउँदो दुई वर्षसम्मका लागि गरिएको प्रायोजन बापत सोमपालले ३ देखि ५ हजार अमेरिकी डलर बराबरको रकम तथा क्रिकेट किट पाउनेछन् । क्यानडामा हुने ग्लोबल ट्वान्टी–२० लिगका लागि छनोट भएसँगै सोमपाल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
सोमपाल अहिले दुई ट्वान्टी–२० खेलको श्रृङ्खलाका लागि मलेसियामा छन् । यसपछि जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया छनोट खेल्न क्यानडा प्रस्थान गर्नेछन् ।
सन् २००७ मा स्थापना भएको रेड रकले भारतीय खेलाडीहरु सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, वीरेन्द्र सहवाग, युवराज सिंह र रोबिन उथप्पालगायतलाई प्रायोजन गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।