सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

 असार ३०, २०७६ सोमबार ६:१६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

ट्युनिसियालाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ । अतिरिक्त समयमा ट्युनिसियाका डिफेन्डर दिलान ब्रोनले आफ्नै पोस्टमा गोल हान्दा सेनेगल फाइनलको यात्रा तय गर्न सफल भएको हो ।

नियमित समयमा दुबै टोलीले पेनाल्टीको अवसर पाएका थिए र दुबैको प्रहार विपक्षी गोलकिपरले बचाएका थिए । अतिरिक्त समयमा साडियो मानेको फ्रि-किक क्लीयर गर्न खोज्दा हेडर गर्दै ब्रोनले आफ्नै पोस्टमा गोल गरेका थिए । 

पहिलो हाफमा सेनेगलले खेलमा दबाब बनाएको थियो । सेनेगलले पहिलो हाफमा कुल सातवटा सट ट्यूनिसियाको फ्रेममा हानेको थियो । मानेले एक पटक खुल्ला बललाई पनि गोलमा परिणत गर्न सकेनन् ।

दोस्रो हाफमा ट्युनिसियाले सुधारिएको खेल खेल्यो र पेनाल्टी पनि पायो । पेनाल्टीलाई सास्सीले फितलो रुपमा प्रहार गरे जसलाई सेनेगलका गोलकिपर अफ्रड गोमिसले सहज रुपमा बचाए । त्यसकाे चार मिनेटपछि सेनेगेलले पनि पेनाल्टी पायो । साइभेटको प्रहार पनि हसनले बचाएका थिए ।

उपाधिका लागि सेनेगलले अल्जेरिया र नाइजेरियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया