बाढी पहिरो : कुन सडककाे अवस्था कस्ताे छ ?

 असार ३०, २०७६ सोमबार ९:५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - निरन्तरको वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न सडकमा अवरोध पुर्‍याएको छ । बाढी तथा पहिरोका कारण मकवानपुरबाट फाखेल हुँदै काठमाण्डौ आउने तथा सिस्नेरी फर्पिङ हुँदै काठमाण्डौ आउने सडक अवरुद्ध भएको छ । 

यस्तै ललितपुरको भट्टेडाडा अग्राङ टुङ्गुन हुँदै हेटौँडा जाने शान्ति लोकपथ, रामेछापको मन्थलीबाट काठमाण्डौ आउने सडक, सिन्धुलीको बहादुरे खाला, सोलु खोला र खाङखाङ खोलामा आएको पहिरोले मध्यपहाडी लोक मार्ग, बेसिशहर मनाङ सडक खण्ड पनि अवरुद्ध छ । 

मुस्ताङ, खोलढुङ्गा, मकवानपुर, सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, रोतहट, महोत्तरी, पाल्पा, कालिकोट, महोत्तरी लगायतका जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

यस्तै सप्तकोशी नदीमा पनि पानीको बहाब अझै कम नभएकाले अहिले २७ वटा ढोका खोलिएको पनि प्रहरीले जनाएको छ । अहिले नारायणी नदी, कमला नदी, काली गण्डकी, त्रिशुली, राप्ती लगायतका नदीमा पानीको बहाब खतराभन्दा तल रहेको छ ।

कुलेखानी ड्याममा भने पानीको सतह निरन्तर बढ्दै गएकाले ड्यामको ढोका खोल्नु पर्ने अवस्था आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया