नेपाली सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य हुँदैनः मन्त्री बाँस्काेटा

 असार ३०, २०७६ सोमबार १६:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताउनु भएको छ । 

सोमबार काठमाण्डौमा सञ्चार उद्यमीहरुसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसक्ने प्रस्ट पार्नुभयो । उहाँले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिनुभयो । 

त्यस्तै मन्त्री बाँस्कोटाले सञ्चार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराउनु भएको छ । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चारमाध्यमबाट आउन थालेकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने प्रस्ट पार्नुभयो । सचारमाध्यमहरुको नियमन गर्न सरकार प्रतिबद्ध भएर लागि परेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया