झाडु लगाउँदै गरेको फोटोमा कमेन्ट गर्दा रिसाएकी हेमा मालिनीसँग माफी मागे धर्मेन्द्रले

 साउन २, २०७६ बिहिबार १०:५८:५२ | एजेन्सी
unn.prixa.net

केही समय अगाडि भारतीय अभिनेत्री तथा सांसद हेमा मालिनीको झाडु लगाउँदै गरेको भिडियो सार्वजनिक भएको थियो । स्वच्छ भारत अभियान अन्तर्गत झाडु लगाएकी मालिनीको भिडियो सार्वजनिक भएपछि उनी सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिन् ।

हेमा मालिनीले झाडु लगाउँदै गर्दाको संघर्ष उनका श्रीमान धर्मेन्द्रलाई पनि अनौठो लाग्यो र उनले पनि ट्वीट गरे । धमेन्द्रको ट्वीट फ्यानहरुले निकै मन पराए तर हेमा मालिनीलाई भने सायद चित्त बुझेन । यसै कारण धर्मेन्द्रले अर्को ट्वीट गर्दै आफ्नो पछिल्लो ट्वीटको लागि माफी मागे ।

हेमा मालिनीको भिडियो भाइरल भएसँगै एक ट्वीटर प्रयोगकर्ताले धमेन्द्रलाई प्रश्न गरेका थिए ‘सर के हेमा मालिनी म्याडमले जिन्दगीमा कहिल्यै झाडु उचाल्नु भएको छ ?’ धमेन्द्रले त्यसको जवाफमा लेखे ‘छ तर त्यो फिल्महरुमा मात्रै, मलाई पनि उनी अनौठो लागिरहेकी थिइन । 

तर मैले बाल्यकालमा मेरी आमालाई सघाएको छु । म झाडु लगाउन निकै सिपालु थिएँ । मलाई स्वच्छता राम्रो लाग्छ ।’ त्यसपछि ट्वीटर प्रयोग कर्ताले जवाफमा लेखे ‘वास्तवमा सर, यो अहिलेसम्मकै इमान्दारीपूर्ण जवाफ हो । म तपाईँको सम्मान गर्छु ।’

धमेन्द्रको त्यो ट्वीट ट्रोलर्सलाई राम्रो लागे पनि हेमा मालिनी दुखी भएका कारण धमेन्द्रले दोस्रो ट्वीटमा हात जोड्दै हेमासँग माफी माग्नु पर्‍यो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया