विश्वकै प्रशंसनीय व्यक्तिको सूचीमा बिल गेट्ससँगै एञ्जेलिना जोली र अमिताभ बच्चन पनि

 साउन ३, २०७६ शुक्रबार २०:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वभरिबाट सबैभन्दा धेरै प्रशंसा बटुल्ने व्यक्तिहरुको सूची सार्वजनिक गर्ने संस्था यूगभले यस वर्षको सबैभन्दा प्रशंसनीय व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।यो सूचीमा विश्वका विभिन्न देशका राजनीतिज्ञ, व्यापारीदेखि कलाकारसम्मले आफ्नो स्थान बनाएका छन् ।

इन्टरनेट र डाटा मार्केटिङ्ग फर्म यूगभले अनलाइन भोेटिङका आधारमा यो सूची जारी गरेको हो । पुरुषतर्फ शीर्ष स्थानमा बिल गेट्स रहँदा दोस्रो स्थानमा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा रहेका छन् । यस्तै तेस्रो स्थानमा एक्सन सुपरस्टार ज्याकी च्यान रहेका छन् । 

यो सूचीमा बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान र सलमान खानले पनि स्थान बनाएका छन् । अभिनेता अमिताभ बच्चन संसारभरबाट प्रशंसा बटुल्ने व्यक्तिहरुको सूचीमा १२ औँ स्थानमा परेका छन् । यस्तै अभिनेता शाहरुख खान १६ औँ स्थानमा रहँदा अभिनेता सलमान खान १८ औँ स्थानमा छन् । 

यसैगरी यूगभको सूचीमा महिलातर्फ शीर्ष स्थानमा अमेरिकी पूर्वरा ष्ट्रपतिकी पत्नी मिशेल ओबामा रहेकी छिन् । दोस्रो स्थानमा ‍ओप्रा विनफ्रे रहँदा तेस्रो स्थानमा हलिउड अभिनेत्री एञ्जेलिना जोली रहेकी छिन् । चौथो स्थानमा बेलायतकी महारानी एलिजावेथको नाम रहेकाे छ भने पाँचौ स्थानमा बेलायती अभिनेत्री एम्मा वाट्सन परेकी छिन् । 

यस सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण, ऐश्वर्या राय, प्रियंका चोपडा र सुष्मिता सेनको नाम पनि रहेको छ । अभिनेत्री दीपिका पादुकोण १३ औँ स्थानमा रहेकी छिन् । दीपिकापछि अभिनेत्री प्रियंका चोपडा १४ औँ स्थानमा, ऐश्वर्या राय बच्चन १६ औँ स्थानमा पर्दा सुष्मिता सेन १७ औँ स्थानमा परेकी छिन् ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया