दोलखामा ३ वर्षमा एक सयभन्दा बढी आत्महत्याका घटना

 साउन ५, २०७६ आइतबार १६:१८:४८ | उषा तामाङ
unn.prixa.net

दोलखा – गएका तीन वर्षमा दोलखामा एक सयभन्दा बढीले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म एक सय ४६ जनाले आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी ९९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ४२ जनाले विष सेवन र ५ जनाले हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो । 

३ वर्षको अवधिमा आर्थिक वर्ष २०७५/०७६ मा ४५ जनाले  आत्महत्या गरेका छन् । त्यसैगरी गएको आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी ६२ जनाले र २०७३/०७४ मा ३९ जनाले आत्महत्या गरेका छन् । 

गएको आर्थिक वर्षमा सबैभन्दा बढी २९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै १२ जनाले विष सेवन र ४ जनाले हाम फालेर आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी रहेका छन् ।  

घरेलु हिंसा, आर्थिक समस्या, बेरोजगारी, डिप्रेशन लगायतका कारण आत्महत्या गर्नेको संख्या वृद्धि भएको प्रहरी निरीक्षक महतले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया