लमजुङको दोर्दी खोलामा बाढी, सतर्क रहन आग्रह

 साउन ८, २०७६ बुधबार १६:३४:२६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको दोर्दी खोलामा बाढी आएको छ । बुधबार दिउँसो ३ बजेदेखि दोर्दी खोलामा एक्कासि बाढी आएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दीलबहादुर घलेले जानकारी दिनुभयो ।

खोलामा बाढी आएकाले नदी आसपासमा बस्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

‘प्रहरीसँगको समन्वयमा गाउँपालिकाले दोर्दी र मर्स्याङ्दी नदी आसपासमा बस्ने नागरिकलाई सूचना प्रवाह गरी सतर्क रहन आग्रह गरेको छ,’ अध्यक्ष गुरुङले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया