साउनभित्र पार्टी एकताको सबै काम सकिन्छ, भदौदेखि देशव्यापी कार्यक्रम : प्रचण्ड

 साउन ९, २०७६ बिहिबार १३:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिनाभित्र पार्टी एकताको सबै काम सकिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टी एकताको माथिदेखि तलसम्मको सबै काम यो महिनाभित्र सकिने स्पष्ट पार्नुभयो ।

धेरै अप्ठ्यारा र घेराहरुलाइ चिर्दै पार्टी एकतालाई अन्तिम रुपमा ल्याउन सकिएको भन्दै उहाँले यो महिनाभित्र पार्टी एकताको सबै काम सकेर भदौबाट भने देशब्यापी कार्यक्रममा निस्कने बताउनुभयो । 
यो महिनाभित्र स्थायी समिति र केन्द्रीय समिति बैठक बसेर अब बाँकी रहेका पार्टी एकताको सबै काम टुंगोमा पुर्याउने उहाँले बताउनुभयो । 

पार्टी एकताको काम सकिएपछि पार्टीको नीति, सिद्धान्त र सरकारका कामबारे नागरिकलाई जानकारी गराउन देशव्यापी कार्यक्रम गर्ने पनि उहाँले बताउनुभयो ।

अहिले कम्युनिष्ट पार्टीका सामु ठूलो अवसर रहेको भन्दै उहाँले जनमतबाट प्राप्त बहुमतको शक्तिलाई प्रभावकारी काममा लगाउने गरी सरकारले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया