अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
काठमाण्डौ – आज कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा मौसम औशिक बद्लीको सम्भावना छ ।
कोशी र गण्डकीको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा पनि मौसम आंशिक बदली हुनेछ ।
मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने छ । आज राति सबै प्रदेशको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।
यसैबीच आज पनि काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ ।
काठमाण्डौको वायु प्रदूषणको अवस्था बिहान ७ बजे २४८ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।
सडकको धुलो, धुवाँ र आगलागी प्रदुषणको मुख्य कारण भएको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । पानी नपरेसम्म प्रदूषण नघट्ने उहाँको भनाइ छ । तर अबको ३–४ दिनसम्म पानी पर्ने प्रणाली नदेखिएको मौसमविदले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।