वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
रुपन्देही – नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागका लागि आफू योग्य रहेको बताउनु भएको छ ।
लुम्बिनी प्रेस क्लबले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्कुल विभागले मार्क्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्ने बताउँदै अहिले त्यो काम आफूले गर्दै आएकोले स्कुल विभागमा आफनो दाबी स्वभाविक रहेको बताउनुभयो ।
पार्टीको नवौँ महाधिवेशनपछि स्कुल विभागमा आफनो दाबी रहँदै आए पनि पार्टीभित्रको चरम गुटबन्दीका कारण आफूले पाउन नसकेको बताउनुभयो । पार्टीको स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ ।
नेता भुसालले आफूले नेतृत्व नपाउँदा स्कुल विभाग नै बिग्रिन्छ भन्ने मान्यताबाट मुक्त हुन दाबेदार सबै नेताहरुलाई सुझाव दिनुभयो ।
नेकपाभित्र पद्धतिभन्दा व्यक्ति हावी हुँदै गएको नेता भुसालको भनाइ छ । दुई जना अध्यक्षले मात्रै पार्टी चलाउनु प्रक्रियागत शैली नभएको नेता भुसालले प्रतिक्रिया दिनुभयो । यस्तै रबैया रहिरहे पार्टीको सिद्धान्त र विचार कमजोर बन्दै जाने उहाँले बताउनुभयो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।