यूएईमा समस्यामा परेकी नेपाली महिलाको उद्धार

 साउन ११, २०७६ शनिबार ११:३७:८ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कम्पनीले तीन महिनादेखि तलब नदिई कामबाट निकालेपछि समस्यामा परेकी एक महिलाको उद्धार गरिएको छ । 

रसलखेमा रहेको रकिज अमार क्लिनिङ कम्पनीमा कार्यरत झापा सुरुङ्गाकी ३४ वर्षीया शोभा न्यौपानेलाई दूतावासले उद्धार गरेको हो । 

आफू कार्यरत कम्पनीले तलब सुविधा रोकेको र पछिल्लो एक महिनादेखि काममा नलगाई बेवारिसे बनाएको पीडित न्यौपानेको  गुनासो छ । घर फर्काइदिन कम्पनीसँग आग्रह गर्दा पासपोर्ट अध्यागमनमा बुझाएको भन्दै बिलम्ब गरेको पनि उहाँले बताउनुभयो । 

उहाँले सम्बन्धित जिल्ला समाजका व्यक्तिहरुलाई आफ्नो समस्याबारे बताउनु भएको थियो । झापाका मणी सुबेदीले उहाँको उद्धारका लागि एनआरएन आबुधाबी क्षेत्रीय समितिसँग समन्वय गरेपछि एनआरएन आबुधाबी क्षेत्रीय समितिका पूर्व सहसचिव फणिन्द्र ढकाल रोशनको पहलमा शुक्रबार रसअलखेमाबाट उहाँको उद्धार गरिएको हो । 

उहाँलेे सहयाेगकाे लागि दूतावासमा निवदेन गर्नुभएकाे छ । दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्की र श्रमसहचारी मोतीराम भुषालले सम्बन्धित कम्पनी र म्यानपावर कम्पनीलाई तुरुन्त क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

पीडित महिला अहिले दूतावासको सुरक्षित आवास गृहमा हुनुहुन्छ । उहाँ एकवर्ष पहिले काठमाण्डौमा रहेको पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालिमार्फत क्लिनरकाे काममा यूएई आउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया