बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
भोजपुर - पहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई जिल्ला समन्वय समिति भोजपुरले शनिबार राहत वितरण गरेको छ ।
समन्वय समिति प्रमुख, उप–प्रमुख तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवा सुविधाबाट कटाएर मृतकका परिवारलाई राहत वितरण गरेको हाे । समन्वय समितिले संकलन गरेको ७७ हजार ९ सय ४० रुपैंया प्रति मृतकका परिवारलाई १५ हजार ५ सय ८८ रुपैंयाका दरले वितरण गरेको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले बताउनुभयो ।
सेवा सुविधाबापत समन्वय समिति प्रमुखबाट १७ हजार, उप–प्रमुखबाट १२ हजार ५ सय र प्रति सदस्य ६ हजार ९ सय २० रुपैयाँका दरले संकलन गरेर पाँच जना मृतकका परिवारलाई राहत रकम वितरण गरिएको खड्काले जानकारी दिनुभयो ।
गएकाे असार २८ गते पहिरोमा परेर टेम्केमैयुङ गाउँपालिका-९ का १४ वर्षीय जनक विक, रामप्रसाद राई गाउँपालिका-७, बासीखोराका जगतबहादुर राई र रामप्रसाद राई गाउँँपालिका-५, मानेभञ्ज्याङकी ३५ वर्षीया मन कुमारी राई, १७ वर्षीय शिव कुमार राई र १५ वर्षीय शक्ति कुमार राईको ज्यान गएको थियो ।