आज राति धौलीगंगाको बाँध खोलिने, महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

 साउन १३, २०७६ सोमबार १९:२३:१३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतले सोमबार राति धौलीगंगा पावर स्टेशनको बाँध खोल्ने भएकाले महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।

भारतीय प्रशासनले दिएको जानकारीअनुसार सोमबार राति १२ बजेपछि एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनमा सफाइ गर्नु पर्ने भएकाले बाँध खोलिन लागेको हो । 

धौलीगंगा पावर स्टेशनको बाँध खोल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनार आसपासमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । पानीको बहाव मंगलबारसम्म नै बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो । 

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि महाकाली नदीका आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले धौलीगंगा पावर स्टेशनको बाँध खोल्ने भएकाले महाकाली नदी आसपासका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसअघि गएको असार ११ गते पनि भारतले धौलीगंगाको बाँध खोलेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया