‘खोलामा गएर घर बनाएपछि क्षतिका लागि तयार हुनुपर्छ’

 साउन १९, २०७६ आइतबार १२:३५:१४ | उज्यालो सहकर्मी

 

काठमाण्डौ - हरेक वर्षायाममा काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा पर्ने गरेको छ । कहिलेकाहीँ सडकमा अत्यधिक पानी जम्न पुग्दा यातायातसमेत ठप्प हुने गरेको छ ।

उपत्यकाका खाली क्षेत्र तथा नदी खोलाका बहाब क्षेत्र नै अतिक्रमण गरेर ठूलठूला भवन निर्माण गर्दा बर्खायाममा डुबान हुन पुगेको हो । खोला नदीनाला मिचेर भौतिक संरचना निर्माण गर्दा पानीको बहाव बढ्ने र तीव्र गतिमा बग्ने हुँदा क्षति बढी हुने गरेको । 

अझै पनि सचेत भएर खोलामा गएर घर बनाउन नछाड्ने भए क्षतिका लागि तयार भएर बस्नुको कुनै विकल्प नभएको शहरी योजनाविद् पद्मसुन्दर जोशी बताउनुहुन्छ । मान्छेले मेरो पूँजी कहाँ लगाउने भन्नेबारे सुरुमै जागरुक हुनु जरुरी रहेको भन्दै उहाँ अहिले पछाडि आएर रोइकराइ गरेर केही नहुने बताउनुहुन्छ ।

उपत्यकामा रहेका नदी तथा खोलालाई साँघुरो बनाउने र खोलाका दुवै क्षेत्रमा ठाडो कंक्रिट पर्खाल लगाउनु झनै खतरनाक रहेको उहाँ बताउनुहुन्छ ।    

काठमाण्डौमा बाढी डुबानको समस्या र अपनाउनुपर्ने सजगताका बारेमा अहिल्यैबाट नसाेचिए आगामि दिन भयावह हुन सक्ने शहरी याेजनाविद् जाेशी बताउनुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया