म्याग्दीको भकिम्लीमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, १३ घाइते

 साउन २२, २०७६ बुधबार १९:५९:७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा बुधबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि १३ जना घाइते भएका छन् ।

सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप दुर्घटना हुँदा भकिम्लीका ५५ वर्षीय रत्नबहादुर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी घाइते हुनेहरुमा बेनी नगरपालिका–३,भकिम्लीका २० वर्षीय इन्द्रबहादुर विक, मुसुङडोलेका जीप चालक ३४ वर्षीय यामबहादुर श्रीष, भकिम्लीका ४० वर्षीया ज्ञानकुमारी श्रीष, ४० वर्षीया रुपा घर्ती, ७१ वर्षीय डम्बरबहादुर छन्त्याल र ५० वर्षीय आइतराम विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो ।

भकिम्लीकै २२ वर्षीय बिक्रम सुनार, ३८ वर्षीया भुमीदेवी खाती, २५ वर्षीय विशाल शाक्य, २३ वर्षीया शान्ता शाक्य, उनको साढे २ वर्षको बच्चा साइरा शाक्य, मंगला गाउँपालिकाको बराङ्जाकी ७० वर्षीया बुद्धिकला सुनार र बागलुङ गुठीका २१ वर्षीया मन्जु खत्री घाइते भएको बेनी अस्पतालका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएकामध्ये ७१ वर्षीय डम्बरबहादुर छन्त्याललाई पोखरा रिफर गरिएको छ । घाइतेहरुको टाउको, आँखा, छाती, हातखुट्टा र शरीरका अन्य भागमा चोटपटक लागेको बेनी अस्पतालका मेडिकल अधिकृत डा. भूषण सुवेदीले बताउनुभयो ।

जीप सडकबाट तल खसेको प्र्रहरीको भनाइ छ भने चालक स्वयं घाइते भएको हुनाले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया