सांसद सिंहको प्रश्न : सरकारले रोपेको भनेको बिरुवा चन्द्रमामा छ कि मंगल ग्रहमा ?

 साउन २६, २०७६ आइतबार १२:१९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारलाई लाखौँ विरुवा कहाँ रोपेको हो भन्दै प्रश्न गर्नु भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कृषि मन्त्रालयले पेश गरेको विरुवा संरक्षण विधेयकमाथि आफ्नो धारणा राख्दै यस्तो आग्रह गर्नुभएको हो । ‘फास्ट ट्रयाक निर्माणका बेला रुख काट्दा सरकारले लाखौँ विरुवा रोप्ने भनेर चर्चा गरेको थियो । ती रोप्ने भनिएका विरुवा चन्द्रमा छ कि, मंगल ग्रहमा छ कि वा यही नेपालको धरतीमा छ’, उहाँले प्रश्न गर्नुभयो ।

साथै उहाँले त्यसबेला काटिएका रुखबाट आएको आम्दानी देखाउन पनि सरकारसँग माग गर्नुभयो ।\

एउटाले विरुवा रोप्ने अर्कोले रुख काट्ने प्रवृत्ति देखिएको भन्दै उहाँले कृषि मन्त्रालय र वन मन्त्रालयल दुवैले संयुक्त रुपमा रुख विरुवा संरक्षणमा समान धारणा बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया