नुवाकाेटमा खाेलाले बगाउँदा दुई जनाकाे ज्यान गयाे

 साउन २८, २०७६ मंगलबार ८:३५:५० | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट - नुवाकोटको कोल्फुखोलाले बगाउँदा साेमलबार दुईजनाको ज्यान गएको छ ।

खोलामा पौडी खेल्न जाँदा बगेकी नुवाकोटको ककनी गाउँपालिका ओखरपौवाकी १३ वर्षीया बिनिता बलामी र बालिकालाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका-७ की लक्ष्मी तामाङको ज्यान गएको हो ।

पौडी खेल्न गएकी बिनितालाई खोलाले बगाएको देखेपछि खोला किनारमा बालुवा चालिरहेकी लक्ष्मी बचाउन जाँदा उहाँलाई पनि खोलाले बगाएको र दुवै जनाको शव साेमबार राति भेटिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया