वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – जनै पूर्णिमाको दिन क्वाँटी खाने चलन छ । क्वाँटीलाई पौष्टिक खानेकुरा मानिन्छ । नौ थरी गेडागुडी भिजाएर टुसा आएपछि पकाइने हुनाले यसमा मासुको जस्तै पौष्टिक तत्व हुने डाक्टरहरु बताउँछन् ।
तर राप्रपाका अध्यक्ष कमल थापालेचाहिँ क्वाँटीलाई नेपालका दलहरुसँग तुलना गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमा क्वाँटी भनेकाे के रहेछ भन्ने उमेश सिग्देलको प्रश्नमा व्यंग्यात्मक पारामा ‘क्वाँटी भनेको नेपालका राजनीतिक दलहरु जस्तै हो, जहाँ लोभी र दानी, धार्मिक र पापी, सज्जन र दुर्जन, निष्ठावान र अवसरवादी, भ्रष्टाचारी र इमान्दार, असल र खराब सबैसँगै अटाउँछन्, बस्छन् र जनतालाई थरीथरीका स्वाद दिन्छन्’ भनेर उल्लेख गर्नुभएको छ ।
— Kamal Thapa (@KTnepal) August 15, 2019