नेयमारका लागि बार्सिलोना र रियलको अफर पीएसजीद्वारा अस्वीकार

 साउन ३०, २०७६ बिहिबार १३:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्टार स्ट्राइकर नेइमारलाई बिक्री गर्न निकै महंगो रकम मागेको छ । जसका कारण दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले यो अफरलाई म्याच गर्न सकेनन् ।

नेयमारका लागि बार्सिलोनाले एक सय मिलियन युरो र फिलिप कोउन्टिन्होलाई दिने अफर गरेको थियो । यसका साथै उनलाई भित्र्याउन बार्सिलोनाले इभान राकिटिचलाई दिने समेत बताएको थियो । तर पीएसजीले बार्सिलोनाको यो अफरलाई अस्वीकार गरेको छ ।

यता रियलले दुई खेलाडी ग्यारेथ बेल र हामेस रोद्रिगुइजलाई लोनमा पठाउने र रकम पनि दिने बताएको थियो । तर त्यसलाई पनि पीएसजीले सोझै अस्वीकार गर्‍यो । रियललाई पीएसजीले बेल र हामेसको सट्टा भिसिनियर जुनियरलाई पठाउन भनेको थियो, तर रियलले त्यसलाई अस्वीकार गर्‍यो ।

२०१७ मा पीएसजीमा विश्वको सबै भन्दा महंगो खेलाडीका रुपमा अनुबन्ध भएका नेयमारले नै पछिल्लो पटक आफू बार्सिलोना जान इच्छुक रहेको बताएका थिए । पीएसजीमा आएपछि उनले दुई सिजनमा ३४ गोल गरेका छन् । तर पछिल्लो पटक चोटले उनलाई निकै सताएको छ ।

पीएसजीका समर्थकले पनि नेइमारलाई क्लब छोड्न भन्दै मैदानमा नै ब्यानर देखाएका थिए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया