गाडीसँग २ हजार घुस लिने ट्राफिक प्रहरी जवानविरुद्ध अख्तियारमा भ्रष्टाचारको मुद्दा

 साउन ३०, २०७६ बिहिबार १६:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टका प्रहरी जवान तेजप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ

यसअघि प्रहरी जवान भट्टराईले नदीजन्य पदार्थ ढुवानी गरेबापत विभिन्न बहाना बनाएर मेलम्चीदेखि काठमाण्डौका लागि छुट्ने गाडीसँग २ हजार रुपैयाँ घुस मागेको अख्तियारमा उजुरी परेको थियो ।

भट्टराईले २ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया