प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस भएको छ ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिले ११ जनाको नामबाट प्राध्यापक डाक्टर सुरेन्द्र शेरचन, प्राध्यापक डाक्टर शम्भूकुमार पहारी र प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीलाई उपाध्यक्षको लागि सिफारिस गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
सिफारिस भएकाहरुको नाम शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले मन्त्रिपरिषद्मा लैजानुहुनेछ र मन्त्रिपरिषद्ले एकजनाको नाम छान्नेछ ।
सिफारिसमा परेका सुरेन्द्र शेरचन शेरचन मानसिक अस्पतालका पूर्व निर्देशक हुनुहुन्छ यस्तै शम्भूकुमार पहारी इन्टरनल मेडिसिनका विज्ञ हुनुहुन्छ भने श्रीकृष्ण गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर हुनुहुन्छ ।