प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

 साउन ३१, २०७६ शुक्रबार ८:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको हो । 

प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँ बिरामी भएपछि बिहीबार बस्न नसकेको नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको छ । 

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । पार्टीका विभाग र जिम्मेवारीबारे निर्णय गर्न सचिवालयको बैठक बोलाइए पनि विभिन्न कारण बैठक सर्दै आएको छ । सचिवालयको बैठक यसअघि साउन १३ गते बसेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया