अछाममा पहिरोले स्वास्थ्य क्लिनिकको भवन र ६ रोपनी खेत बगायो

 साउन ३१, २०७६ शुक्रबार ८:५०:४४ | चन्द्र थापा
unn.prixa.net

अछाम –  बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पहिरोले ६ रोपनी खेत र स्वास्थ्य क्लिनिक भवन बगाएको छ । बुधबार राति भएको वर्षाका कारण आएको पहिरोले दर्ना काँडाकोट टोलका स्थानीयको खेत र गाउँघर स्वास्थ्य क्लिनिककोे भवन बगाएको हो ।

स्थानीय पंख कठायत, अम्मर साउद, बाहादुर धामी र गणेश धामीको ६ रोपनी खेत पहिरोले बगाएको पीडित किसानहरुले बताएका छन् । गाउँको पाडुमुजेली, भोट्यावस्या र राक्स्या खेत पहिरोले बगाएको पिडीत किसान पंख कठायतले जानकारी दिनुभयो ।

पहिरोले खेत बगाएपछि किसानले व्यवस्थापन र राहतका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने मागसमेत गरेका छन् । पहिरोले काडाकोटमा स्थापना गरिएको सहरी स्वास्थ्य क्लिनिकको भवनमा पनि क्षति पुगेको छ । भवन पहिरोले पुरिएपछि स्वास्थ्य सेवासमेत प्रभावित भएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया