मलेसियाली क्लब जोहोर दरुलसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेलीकाे घाेषणा

 साउन ३१, २०७६ शुक्रबार १७:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ खेलाडीको सूचीमा अधिकांश पुराना खेलाडीकै वर्चश्व रहेको छ । तर टिमका मुख्य गोलकिपर किरण चेम्जोङ भने यो खेलमा उपस्थित नहुने भएका छन् ।

मलेसियाको पसर गुडाङ स्टेडियममा हुने खेलका लागि घोषित भएको टिम यसप्रकार रहेको छ ।

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजित धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

स्ट्राइकर : विमल घर्ती मगर, अभिशे रिजाल, नवयुग श्रेष्ठ

अगष्ट २६ तारिखमा हुने यो खेलमा स्ट्राइकर भरत खवास पनि अनुपस्थित हुने भएका छन् । यता किरण चेम्जोङ हाल जापानी लिगमा ट्रायलका लागि गएकाले यो खेल गुमाउने भएका छन् ।

यस्तै अनुभवी खेलाडी रोहित चन्द पनि यो टिममा परेका छैनन् । फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि नेपाली टिमको यो अन्तिम तयारी खेल हुनेछ ।

त्यसपछि नेपाली टिम सेप्टेम्बर ५ मा कुवेतविरुद्धको खल्नेछ । त्यसपछि नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध उसकै मैदानमा खेल्नेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया