नेकपा केन्द्रीय विभाग बाँडफाँड : १३ मन्त्रीले पाए यी जिम्मेवारी

 साउन ३१, २०७६ शुक्रबार १८:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लामो समयदेखि थाति रहेको नेकपाको केन्द्रीय विभागको टुंगो शुक्रबार लागेको छ । निकै नै हानथाप रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ । त्यस्तै बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ । 

नीति तथा प्रतिष्ठान विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनालले पाउनुभएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ भने राम कार्की विभागको उपप्रमुख हुनुहुन्छ ।

यस्तै अर्थ तथा योजना विभागको जिम्मेवारी भने सुरेन्द्र पाण्डेले पाउनुभएको छ ।

त्यस्तै वर्तमान सरकारमा रहेका मन्त्रीहरुले पनि विभिन्न जिम्मेवारी पाएका छन् । धेरै मन्त्रीहरुले मन्त्रालयगत जिम्मेवारी नै पाएका छन् । उपप्रधान एवं रक्षामन्त्रीसमेत रहनु भएका ईश्वर पोखरेलले स्कुल विभाग तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन विभागको जिम्मेवारी पाउनुभएको छ । 

कुन मन्त्रीले के जिम्मेवारी पाए ?

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया