कतारका राजा काठमाण्डाैमा, राष्ट्रपति पाैडेलद्वारा स्वागत
बैशाख ११, २०८१ मंगलबार
पाकिस्तानी क्रिकेट टिमका पूर्व ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरले आतंकग्रस्त पाकिस्तानमा आफ्नो लागि स्वतन्त्रताको कमी र सुरक्षाको डर सबैभन्दा निराशाजनक कुरा रहेको बताएका छन् ।
सन् २०१४ मा पाकिस्तानको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी पाएका जिम्बाब्वेका पूर्व ब्याट्सम्यान फ्लावरको करारलाई पाकिस्तानले अघि नबढाउने फैसला गरेको छ ।
पाकिस्तानमा रहँदा सबैभन्दा निराशाजनक कुरा के थियो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सुरक्षाको विषय र स्वतन्त्रताको कमी ।’
पाँच वर्षसम्म पाकिस्तानको क्रिकेट टिमसँग जोडिएका फ्लावरले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतविरुद्धको खेलमा जित दर्ता गर्नु नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।
पाकिस्तान टिमसँग छुट्टिएपछि तपाईँलाई कुनै कुरा कमी भएको महसुस हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘केही पूर्व खेलाडीहरुले पीठपछाडि कुरा काट्ने प्रवृत्ति र टेलिभिजन च्यानलमा पत्रकारहरुसँग हुने पाकिस्तान क्रिकेट बोर्डको राजनीति पनि हुन्छ । अब यी चीजको मलाई महसुस हुने छैन ।’