लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताउनुभएको छ ।
राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आयोजित श्रमिकहरुको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।
कम्युष्टिहरुको दुई तिहाइ सरकार भएको अवस्थामा पनि नेपाली युवाहरुले खाडीमा रगत र पसिना बेचेर आएको रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धानिनु दुःखद् भएको अध्यक्ष थापाले बताउनु भयो । सरकारले अवलम्बन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उहाँले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रुपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको बताउनु भयो ।
विगतका कमी–कमजोरीहरुलाई सच्याएर राप्रपा अघि बढिसकेकोले आगामी निर्वाचनमा कांग्रेस र कम्युनिष्टको विकल्पमा राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गराउन उहाँले टुकोन मार्फत देशभरका श्रमिकहरुलाई ऐक्यबद्धताको लागि आग्रहसमेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दीपक बोहराले देशमा पर्याप्त रोजगारको सिर्जना नभएसम्म मुलुक समृद्ध नहुने बताउँदै टुकोनले संगठन विस्तार गर्दै यसतर्फ दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आइएलओ सन्धिको पूर्णरुपमा पालना नभएसम्म श्रमिकहरुको उत्थान नहुने धारणा राख्नु भयो ।