इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको लगातार दोस्रो जित

 भदौ १, २०७६ आइतबार ८:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले दोस्रो जित आत्मसाथ गरेको छ । शनिबार राति भएको खेलमा साउथ ह्याम्पटन २–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोवर्टो फिरमिनोले एक–एक गोल गरेका थिए । साउथ ह्याम्पटनको भने यो लगातार दोस्रो हार हो । 

लिभरपुलका लागि पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको लिभरपुलले ७१ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । 

फिरमिनोले मानेको पासमा गोल गर्दै लिभरपुललाई २–० को अवस्थामा पुर्‍याएका थिए । तर ८३ औं मिनेटमा डेनियल विलियम जोनले गोल गर्दै साउथह्याम्पटनलाई २–१ मा ल्याए पनि हार टार्न भने सकेनन् । जितसँगै लिभरपुलको तालिकामा ६ अंक भएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया