सकियाे १३ औँ विन व्यापार मेला: ८ हजारले गरे अवलाेकन

 भदौ १, २०७६ आइतबार २०:१२:० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – गएको शुक्रबारदेखि पुल्चोकमा जारी १३ औँ विन व्यापार मेला आइतबार सकिएको छ । 

तीन दिनसम्म चलेको मेलामा आठ हजार जनाले अवलोकन गरेको आयोजक विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ । 

मेलामा ६० ओटा स्टल राखिएको थियो । तीमध्ये कृषि र हस्तकाला बाट तीन/तीन जना उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिएको छ । आठ समूह रहेको कृषिमा शान्ता बाँस्कोटा प्रथम, अरुणिमा श्रेष्ठ र उरुसा श्रेष्ठ दोस्रो तथा प्रतिभा शाक्य तेस्रो हुनुभएको छ । 

त्यसैगरी हस्तकलामा सुनिता श्रेष्ठ प्रथम, शान्ति वैद्य दोस्रो र शोभा रिजाल पाण्डे तेस्रो हुनुभएको छ । 

महिलाले पनि केही गरेर देखाउन सक्छन् भन्ने सन्देश दिनका लागि मेला आयोजना गरिएको आयोजक जनाएको छ । मेलामा सहभागी घरेलु तथा साना महिला उद्यमीहरुले घरेलु हस्तकलाका समस्यालाई ठूला व्यापारीले नबुझेको गुनासो गरेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया