पोग्बालाई अनुबन्ध गर्न रियल मड्रिडले आकर्षक अफरसहित अन्तिम प्रयास गर्ने

 भदौ १, २०७६ आइतबार १८:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस क्लब रियल मड्रिडले पल पोग्बालाई अनुबन्ध गर्नका लागि अन्तिम प्रयास गर्ने भएको छ ।

पोग्बाले रियल मड्रिड जाने इच्छा जनाइरहँदा क्लब भने उनलाई लामो समयको सम्झौतामा बाँध्न चाहन्छ । रियल मड्रिड जाने पक्का पक्की जस्तै भएको अवस्थामा युनाइटेडले पोग्बालाई नबेच्ने भनेर स्पष्ट पारिसकेको छ । युनाइटेडलाई आउँदो जनवरीसम्म पोग्बाको विकल्प छैन ।

पछिल्लो आठ महिनामा मिडफिल्डका मारोउनी फेलाइनी र एन्डर हरेरालाई बेचेपछि युनाइटेडमा सेन्ट्रल मिडफिल्डरको अभाव खड्किएको छ ।

रियल मड्रिड थप एक पटक आकर्षक अफर लिएर युनाइटेडलाई दबाब दिन चाहन्छ । युनाइटेडमा पोग्बाको खासै राम्रो सम्बन्ध नभएको अवस्थामा रियल केही आशावादी छ ।

पोग्बाका एजेन्ट पनि यो स्थानान्तरणका लागि दृढ अवस्थामा छन् । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि प्रशिक्षक जिदानेको नयाँ कार्यकालमा पोग्बा उपहार दिन चाहन्छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया