प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

 भदौ ३, २०७६ मंगलबार ९:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । 

संक्रमणकालीन न्यायको विषयको टुंगो लगाउन प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आयोग गठनको काम एक हप्तामा टुंगो लगाइसक्ने बताउनुभएको थियो । त्यसै अनुसार उहाँले मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको संयोजक अधिकारीले बताउनुभयो ।

बैठक बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यस्तै, दिउँसो ३ बजे नेकपाको सचिवालय बैठक पनि बस्दैछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया