योजना आयोगका कर्मचारी कार्यालयमै मृत भेटिए, शव नजिकै विषादीकाे बट्टा फेला

 भदौ ३, २०७६ मंगलबार १२:५९:४८ | उज्यालो सहकर्मी

काठमाण्डाै - राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालय भित्रै मृत अवस्थामा भेटिएका छन् ।

कार्यालय भित्रको मिटिङ हलमा कार्यालयका नायब सुब्बा बच्चुराम केसीको शव भेटिएको महानगरीय प्रहरी परिसर, काठमाण्डाैका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयाे ।

‘योजना आयाेगका नायब सुब्बा केसीको शव नजिकै सेल्फास नाम गरेकाे विषादीकाे बट्टासमेत भेटिएकाे छ । फरेन्सिक अधिकारीसहित परिसरकाे टाेली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ’,  प्रवक्ता बोगटीले भन्नुभयाे ।

केसीले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान रहे पनि अनुसन्धानपछि मात्र सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया