मकवानपुरमा १०३ केजी गाँजासहित पाँच जना पक्राउ

 भदौ ३, २०७६ मंगलबार १५:८:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको दुई ठाउँबाट प्रहरीले ठूलाे परिमाणकाे लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

राक्सीराङ गाउँपालिका वडा नम्बर-३, सरिखेत पलासे र हेटौंडा १५ रातोमाटेबाट प्रहरीले एक सय ३ केजी गाँजासहित पाँच जनालाई मंगलबार पक्राउ गरेको हो ।

पलासे बसपार्कबाट ८१ केजि ७६० ग्राम गाँजासहित १ जना पक्राउ परेका हुन् । गाँजासहित  पक्राउ पर्नेमा सप्तरीकाे डाक्नेश्वरी गाउँपालिका वडा नम्बर-९ बस्ने ४० वर्षीय घुरन साहलाई रहेकाे जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । 

मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिएको टोलीले ४ वटा प्लास्टिकको बोरामा गाँजा प्याक गरेर गाडी कुरिरहेको अवस्थामा फेला पारेर बरामद गरेको हो । यसैगरी रातोमाटेबाट कारमा राखेर निकासी गर्न लागिएको अवस्थामा २१ केजी ५ सय ग्राम गाँजा बरामद गरेकाे हाे । कारसहित चार जनालाई नियन्त्रणमा लिइएकाे एसपी सिंहले जानकारी दिनुभयो । 

कार र गाँजासहित भारतकाे मोतिहारी, नयाटोल बस्ने २५ वर्षीय कार चालक मुकेश सहनी, कारमा रहेका त्यसै ठाउँका २५ वर्षिय राज कुमार, मोतिहारी चिन्तामनपुरकाे हरीसिद्धि बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र नेपालकै पर्सा जिल्लाकाे बिन्दवासिनी गाउँपालिका-५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

हेटौंडाबाट विरगन्जतर्फ जाँदै गरेको एच आर ५१ एल ५२४१ नम्बरको भारतीय कारलाई शंका लागेर जाँच गर्दा कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर प्लाष्टिकको पोकामा लुकाइएकाे अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया