संसदबाट पास भयो भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने विधेयक

 भदौ ३, २०७६ मंगलबार १९:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं : भूमिसम्बन्धी आठौँ संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।

भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी (आठौं संशोधन)विधेयक २०७५ माथि छलफल गरियोस् भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस अवसरमा विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयकमाथि  सांसदहरूले दिएको सुझावहरूमा सरकारको ध्यान जाने बताउनुभयो । नियमावलीमार्फत आएका सुझावहरू समेटेर अझ परिष्कृत बनाएर जाने मन्त्री अर्यालले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • dhama paudyal

    Aug. 21, 2019, 2:21 p.m.

    अनि के नयाँ कुरो आयो त यो बिधेयक पारित भए पछी ?

  •  0 Reply

तपाईको प्रतिक्रिया