यू-१९ एसिया कप : नेपालकाे समूहमा बंगलादेश, श्रीलंका र यूएई

 भदौ ३, २०७६ मंगलबार २०:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटका लागि नेपाल समूहमा २ वटा टेस्ट खेल्ने देश परेका छन् ।

नेपालको समूहमा टेस्ट खेल्ने श्रीलंका र बंगलादेश परेका छन् भने वेस्टर्न रिजनबाट छनोट भएको यूएई पनि रहेको छ । नेपालले इस्टर्न रिजन च्याम्प्यिनसिप जित्दै श्रीलंकामा सेप्टम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा पहिलो खेलमा नेपलले श्रीलंकासँग खेल्ने छ ।

यसैगरी नेपालले दोस्रो खेलमा सेप्टेम्बर ८ मा बंगलादेश र १० तारिखमा यूएईसँग खेल्ने भएको छ । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले यू १९ एसिया कपका लागि तयारी सुरु गरिसकेको छ । एसीसीबाट स्वीकृति आउन ढिला भएपछि १२ अगस्टदेखि मात्रै औपचारिक प्रशिक्षण सुरु गरेको थियो ।

प्रतियोगिता सुरु हुनु १० दिनअघि नै श्रीलंका जाने नेपाली टिमले त्यही केही अभ्यास खेल पनि खेल्ने तयारी गरेको छ । त्यसका लागि एसीसीले समन्वय गरिरहेको नेपाली टिमका प्रशिक्षक विनोद दासले बताएका थिए ।

दासले नेपालले पाकिस्तान र अफगानिस्तानसँग श्रीलंकामा अभ्यास खेलका लागि आग्रह गरे पनि त्यसबारे कुनै जवाफ नआएको बताए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया