दुई मुख्य खेलाडी प्रशिक्षणमा फर्किएपछि चेल्सीलाई राहत

 भदौ ४, २०७६ बुधबार ६:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब चेल्सीका खेलाडी कालुम हुडसोन आडोई र एन्टोनियो रुडिगेर झण्डै चार महिनापछि प्रशिक्षणमा फर्किएका छन् । चोटका कारण लामो समय मैदान बाहिर रहेका दुवै खेलाडी चेल्सीको प्रशिक्षण क्याम्पमा फर्किएका हुन् ।

इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी कालुम गएको अप्रिलमा चोटका कारण मैदान बाहिर भएका थिए । तर चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले उनलाई टिमको अन्तर्रा‍ष्ट्रिय ब्रेकसम्म टिममा मौका दिने संभावना कम रहेको छ ।

उनको आगमनले यो सिजनको सुरुवातमा नै खराब फर्ममा रहेको चेल्सीलाई केही राहत भएको छ । चेल्सीका मुख्य खेलाडी इडेन हाजार्ड यसै सिजन रियल मड्रिड गए पनि उनको स्थानमा चेल्सीले उपयुक्त खेलाडी भेट्न सकेको छैन । त्यसैले पनि हुडसोन फिट हुँदा लाम्पार्डलाई केही राहत भएको हो ।

यसका साथै हुडसोनको आगमन इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटका लागि पनि खुशीको खबर हो । युरो २०२० का लागि हुडसोन महत्वपूर्ण खेलाडी हुन सक्नेछन् । गएको जुनमा भएको यूईएफए नेशन्स लिगको फाइनल्समा गारेथले उनलाई टिममा राखेका थिए । तर चोटका कारण उनी अन्तिममा टिम बाहिर भएका थिए ।

यस्तै, अर्का खेलाडी रुडिगेर पनि सोचेको भन्दा कम समयमा फिट भएर प्रशिक्षणमा फर्किएका छन् । जर्मनीका खेलाडी रुडिगेर यू २३ टिमले लिभरपुलविरुद्धको खेलमा पुरै ९० मिनेट खेलेका थिए । मुख्य डिफेन्डर रहेका रुडिगेर शनिबार हुने नर्विचविरुद्धको खेलका लागि तयार रहेका बताएका छन् ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया