आईपीएल क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो : नया...
बैशाख १५, २०८१ शनिबार
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्स्कायरले नयाँ ‘पेनाल्टी टेकर’ तोकेका छन् ।
पाउल पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि विवादित बन्दै आएको अवस्थामा प्रशिक्षकले अबदेखि म्यानचेस्टर युनाइटेडले पाउने पेनाल्टी हान्ने जिम्मा मार्कस रासफोर्डलाई दिएका छन् ।
पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी गोलमा परिणत गर्न नसक्दा युनाइटेड बराबरीमा रोकिएको थियो । फलस्वरुप पोग्बाको चारैतिर विरोध भएको थियो । ड्रेसिङ रुममा पनि सोल्स्कायर र पोग्बाबीच वादविवाद समेत भएको थियो ।
यता यो सिजनको पहिलो खेलमा रासफोर्डले १२ याड टाढाबाट उत्कृष्ट गोल गरेका थिए ।