१६ सचिवको सरुवा : कार्यसम्पादन सम्झौतामा असर पर्ने

 भदौ ४, २०७६ बुधबार ७:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले १६ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १६ जना सचिवको सरुवा गरेको हो । 

प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौता सचिवहरुसँग पनि भैरहेको बेला सरकारले एकैपटक ठूलो संख्यामा सचिवको सरुवा गरेको हो । यसबाट मन्त्रालयको काम छिटो र प्रभावकारी बनाउने उदेश्यका साथ भएको कार्यसम्पादन सम्झौता अलपत्र हुने भएको छ ।

को कहाँ सरुवा ?

सरकारले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव मोहनकृष्ण सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा हुनुभएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्याल बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुनुभएको छ । वित्त आयोगमा सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई सरुवा गरिएको छ । 

शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालयमा सरुवा हुनुभएको छ । 

लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँ सार्वजनिक खरिद अनुगमन कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेल राष्ट्रपति कार्यालयमा सरुवा हुनुभएको छ ।

राष्ट्रपति कार्यालयका सचिव विनोद केसी श्रम तथा रोजगार मन्त्रालयमा र सिँचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा हुनुभएको छ ।

राष्ट्रिय सर्तकता केन्द्रका माधव बेल्वासेलाई खानेपानी मन्त्रालयमा, भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालयमा र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल लोकसेवा आयोगमा र प्रदेश ५ का प्रमुख सचिव डा. तीर्थराज ढकाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया