अरिङ्गालको टोकाइबाट पाल्पामा एक जनाको मृत्यु

 भदौ ४, २०७६ बुधबार ७:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – अरिङ्गालको टोकाइबाट पाल्पामा एक जनाको ज्यान गएको छ । तानसेन नगरपालिका– १२ बौघापोखराथोकका २१ वर्षीय हेमबहादुर रानाको मंगलबार अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घर नजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेर घाइते बनाएको थियो । घाइते रानाको उपचारको क्रममा युनाइटेड मिशन अस्पतालमा ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया