सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुल...
बैशाख ७, २०८१ शुक्रबार
रसुवा – रसुवागढी नाकामा निर्माण हुन लागेको सुख्खा बन्दरगाह प्रभावितलाई मुआब्जा वितरण गरिएको छ ।
मुआब्जा पाउन बाँकी रहेका तीन जनाको जग्गा र पाँच जनाको घर गरी ८ जनाका लागि रकम निकासा भएकोमा मंगलबारसम्ममा ७ जनाले मुआब्जा लिइसकेका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले २३ लाख ४२ हजार ७१८ रुपयाँ वितरण गरेको छ ।
आउँदो सेप्टेम्बरदेखि निर्माण सुरु हुन लागेकाले मुआब्जाको काम चाँढै सकाउनुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । अझै १४ जनाको टहराको लागि रकम निकासा भएको छैन ।
‘मुआब्जा पाउन बाँकी रहेका प्रभावितले निवदेन दिएका छन्, उहाँले भन्नुभयो यसका लागि हामीले इन्टरमोडल यातायात विकास समितिमा लेखेर पठाएका छौँ ।’ बन्दरगाह निर्माणका लागि तिब्बेत फुली कन्ट्रक्सनले जिम्मेवारी पाएको छ ।
बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सामग्री तथा कामदार चीनबाट नै आउँछन् । चीन सरकारको सहयोगमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले नेपाली पक्षले यसमा समन्वय मात्रै गर्छ ।