संसारभरिका राेग हुल्ने गरी खसी बाेका नेपाल ल्याउन दिँदैनाैँ : कृषि मन्त्री खनाल

 भदौ ४, २०७६ बुधबार १६:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कुनै पनि हालतमा स्वास्थ परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन नदिने बताउनु भएको छ । 

बुधबार काठमाण्डौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माणसम्बन्धी कार्यक्रममा मन्त्री खनालले भन्नुभयो, ‘संसारभरिका रोग हुल्ने गरी स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ ।’ 

नेपाल विश्व स्वास्थ संगठनको राष्ट्र भएकोले खसी बोका आयातमा प्रतिबन्ध नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताउनुभयो । निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाइ थियो । ‘दशैँमा त देख्लास् भनेका छन्, मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्मनिर्भर छौँ, त्यसैमा जोड गर्नु पर्ला भनेको छु’, उहाँले भन्नुभयो । 

आफ्नो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफैँ उत्पादनमा जोड दिएर स्वस्थकर खान सकिने उहाँको भनाइ थियो । 

कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ ओटा आधुनिक वधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । 

त्यसका लागि भौतिक संरचना निर्माणका लागि पालिका र प्रदेश सरकारबाट ३२ करोड रुपैयाँ र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड रुपैयाँभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेफरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया