क्रिकेटलाई अलबिदा भनिसकेका क्रिकेटर : जसलाई ब्याट र बलकाे मायाले फेरि मैदानमा पुर्‍यायाे

 भदौ ४, २०७६ बुधबार १८:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेट यस्तो खेल हो, जसमा भाग्यले साथ दिँदा कोही स्टार बन्छन् भने भाग्यले साथ नदिँदा कोही सन्यास लिन बाध्य हुन्छन् । 

तर कतिपय यस्तो क्रिकेटर पनि छन् जसले सन्यास लिएर पनि पुनः क्रिकेटको जगतको पाइला राखेका छन् । ती क्रिकेटरका बारेमा थाहा पाइ राखौँ–

क्रिस गेल 

वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान ‘युनिभर्सल बोस’ क्रिस गेलले भारतविरुद्धको तेस्रो एकदिवसीय खेल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए । तर उनले यू–टर्न लिँदै अहिले तत्काल सन्यास नलिने बताए । 

जवागल श्रीनाथ 

लामो समयसम्म भारतीय टिममा बलरको भूमिका निभाएका जवागल श्रीनाथले कपिल देवजस्ता दिग्गज खेलाडीसँग एउटै टिमबाट खेल्ने मौका पाए । 

भारतीय क्रिकेट इतिहासका सर्वश्रेष्ठ बलरमध्येका एक जवागलले सन् २००२ मा क्रिकेटलाई अलबिदा गरेका थिए तर सन् २००३ को क्रिकेट विश्वकपमा सौरव गांगुलीको आग्रहमा उनी पुनः टिममा फर्किए । साथै उनले भारतीय टिमलाई फाइनलसम्मको बाटो देखाउन महत्वपूर्ण भूमिका निभाए । 

जावेद मियाँदाद

जावेद मियाँदा पाकिस्तानका महान खेलाडीहरुमध्ये एक हुन् । उनले ६ ओटा विश्वकपमा पाकिस्तानको तर्फबाट प्रतिनिधित्व गरेका छन् । यसको अलावा पाकिस्तानी क्रिकेटमा उनको योगदान महत्वपूर्ण रहेको छ । 

मियाँदादले १२४ टेस्टमा ८८३२ रन बनाएका छन् भने २३१ एकदिवसीयमा ७३८१ रन बनाएका छन् । मियान्दादले सन् १९९६ को विश्वकपअघि सन्यास लिएका थिए तर तत्कालीन प्रधानमन्त्री बेनजीर भुट्टोको आग्रहमा उनले १० दिनपछि सन्यास फिर्ता लिएका थिए । 

कार्ल हूपर 

वेस्ट इण्डिजका कार्ल हूपर पहिलो यस्तो खेलाडी बने जसले एकदिवसीय क्रिकेटमा ५ हजार रन र १०० विकेट दर्ता गरे । यसका साथै १०० क्याच पनि लिए । सन् १९९९ को विश्कपपछि उनले अचानक सन्यास लिने घोषणा गरेका थिए तर सन् २००१ मा टिममा फर्किँदै उनले सन् २००३ सम्म कप्तानी सम्हाले । 

शाहिद अफरीदी 

पाकिस्तानका शाहिद अफरीदीलाई कैँयौँ पटक सन्यास लिने क्रिकेटरको बारेमा याद गरिन्छ । पहिलो पटक सन् २०१० मा सन्यास लिएका थिए । त्यस्तै उनले सन् २०११ मा भारतसँग सेमिफाइनलमा हार बेहोरेपछि क्रिकेट जगतलाई अलबिदा गरेका थिए तर उनी फेरि टिममा फर्किए । 

अफरीदीले ३९८ एकदिवसीय क्रिकेटमा ८०६४ रन बनाउँदै ३९५ विकेट लिएका छन् । सन् २०१६ मा अन्ततः उनले क्रिकेटबाट सन्यास लिए । 

ब्रेन्डन टेलर 

गएको वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक फर्किएका जिम्बाब्वेका विकेटकीपर तथा ब्याट्सम्यान ब्रेन्डन टेलरले सन् २०१५ मा बाध्य भएर सन्यास लिनु परेको थियो । 

किनकि काउन्टी क्रिकेटमा कोल्पेक डिलका अनुसार नाटिंघमशायरसँग उनलाई करार दिइएको थियो, जुन पूरा भएको छ । यसर्थ ३१ वर्षको उमेरमा उनले दोस्रो पटक जिम्बाब्वे टिममा फर्किएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया