गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
साउदी अरबले २१ वर्षमाथिका महिलाहरुलाई पासपोर्ट लिन र कुनै पुरुषको संरक्षकको अनुमतिबिना विदेश यात्रा गर्ने अधिकारसम्बन्धी ऐतिहासिक सुधारलाई लागू गरेको छ ।
साउदी अरबका महिलाहरुको स्थितिलाई लिएर विश्वभरिबाट नै त्यसको आलोचना भएको थियो । मनवअधिकार आयोगले भनेको थियो, ‘साउदी अरबमा महिलाहरुलाई दोस्रो नागरिकका दर्जाका रुपमा लिइन्छ ।’ महिलाहरुलाई कुनै किसिमको महत्वपूर्ण निर्णय लिन पुरुष संरक्षकको निर्भर रहनु पर्दथ्यो ।
यी सुधारहरुको घोषणा यही महिनाको सुरुवातदेखि सुरु भएको थियो । गएको मंगलबारबाट यी सुधारहरु लागू गरिएको हो । यो कदमले प्रतिबन्धान्त्मक संरक्षकता प्रणाली कमजोर भएको छ, जुन लामो समयदेखि महिला दमनको प्रतीक थियो ।
विभागले सामाजिक सञ्जाल ट्विटरमा भनेको छ, ‘पासपोर्ट विभागले पासपोर्टको अवधि बढाउन, पासपोर्ट जारी गर्न र देश बाहिर यात्रा गर्न २१ वर्षमाथिका महिलाहरुलाई आवेदन दिन आह्वान गरेको छ ।’
यसअघि महिलाहरुलाई यी कामका लागि आफ्ना पुरुष संरक्षकहरु पति, पिता र अन्य पुरुषको सहमतिको आवश्यकता हुन्थ्यो । यसका अलावा साउदी अरबमा महिलाहरुलाई बच्चा जन्माउन, विवाह र सम्बन्ध विच्छेदको आधिकारिक रुपमा पञ्जीकृत गराउन पनि अधिकार दिइएको छ ।
यो सुधारलाई लिएर देश र अन्तर्राष्ट्रिय स्तरमा नै व्यापक प्रशंसा भएको छ । तर कट्टर रुढिवादीहरुले यसलाई ‘गैर इस्लामिक’ बताउँदै निन्दा गरेका छन् ।