नेपाल–भारत संयुक्त आयोग बैठक : नुवाकोट र गोरखामा पुनर्निर्माणका लागि भारतले दियो २.४५ अर्ब

 भदौ ४, २०७६ बुधबार १८:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ । दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र दुई देशबीच देखिएका समस्या समाधान गर्न संयुक्त आयोगको बैठक बसेको हो ।

बैठकमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतीय विदेश मन्त्री एस जयशंकरले गर्नु भएको छ  भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गर्नु भएको छ ।

काठमाण्डौको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतिमा भएको बैठकमा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

बैठकका क्रममा भारत सरकारले नेपाललाई भूकम्पपछिको पुनर्निमार्णका लागि २ अर्ब ४५ कराेड नेपाली रुपैयाँ सहयोग उपलब्ध गराएको छ । दुई देशका परराष्ट्र मन्त्रीको उपस्थितिमा भारतीय राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई चेक हस्तान्तरण गर्नु भएको हो ।

भारत सरकारले उपलब्ध गराएको त्यो रकम नुवाकोट र गोरखामा पुनर्निमाणका लागि खर्च गरिनेछ । भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ । 

त्यस्तै भारत सरकारले तराई भेगका सडक स्तरोन्नतिका लागि ८० करोड भारतीय रुपैयाँ पनि उपलब्ध गराएको छ ।

यस्तै नेपाल भारत बीच खाद्यबस्तु तथा तरकारीलगायतका बस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ । भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरुले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरि गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्य बस्तु तथा उपभोग्य सामग्री सीमा नाकामा परीक्षण गर्नु गराउनु पर्दैन । 

नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबारसम्म चल्नेछ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया