आर्थिक वर्षको पहिलो महिना : सहायताका नाममा साढे १३ लाख रुपैयाँ बाँडियो

 भदौ ४, २०७६ बुधबार २०:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना अर्थात साउनमा साढे १३ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । साउनमा १३ लाख ५९ हजार रुपैयाँ आर्थिक सहायता वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ ।

साउन ४ र १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मानवअधिकारवादी नेता टंकनाथ रिजालसहित १२ जनालाई ३ लाख ६६ हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

यस्तै साउन १६ गतेको निर्णयअनुसार कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डाराको उपचार खर्च र कुरुवाको व्यवस्थापन खर्चको लागि ४ लाख २५ हजार रुपैयाँ दिइएको छ । यस्तै धादिङको रोराङका केशव बिसुरालीलाई ५ लाख ७३ हजार रुपैयाँ दिइएको छ ।

साउन महिनामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको रुस भ्रमणको लागि ४ लाख ४० हजार रुपैयाँ दिइएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया